भिसा आवेदन स्वीकृत भएपछि २० हजार हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने
नेपालसहित ५० देशका नागरिकका लागि परीक्षणका रूपमा सञ्चालन गरिएको ‘भिसा धरौटी’ प्रणालीलाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको हो।अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि बी–१ र बी–२ भिसा लिन चाहने नेपाली नागरिकले अब १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ लाखदेखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्ने भएको छ।
नयाँ व्यवस्थाअनुसार भिसा आवेदन स्वीकृत भएपछि आवेदकले भिसा जारी हुनुअघि अनिवार्य रूपमा १० हजार वा २० हजार अमेरिकी डलर धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षण अवधिमा ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी निर्धारण गर्ने विकल्प रहे पनि अब ५ हजार डलरको विकल्प हटाइएको छ।अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि समाप्त हुनुअघि नियमअनुसार अमेरिका छाडेमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ।
यो व्यवस्था मुख्य रूपमा पर्यटन तथा व्यापारिक प्रयोजनका बी–१ र बी–२ भिसा आवेदनकर्ताका लागि लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस सूचीमा परेका छन् भने अफ्रिकाका अधिकांश राष्ट्रसहित विश्वका ५० देशका नागरिकलाई यो नियमको दायरामा राखिएको छ।अमेरिकाले भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बस्ने (भिसा ओभरस्टे) प्रवृत्ति नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ। अमेरिकी सरकारी तथ्यांकअनुसार भिसा अवधि नाघेर बसेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति करिब १८ हजार अमेरिकी डलर खर्च हुने भएकाले यस्तो नीति अपनाइएको बताइएको छ।
