सद्धभाव र भाइचारा कायम राख्न सबैमा हार्दिक अपिल

Spread the love

पुर्णचन्द्र चापागाई

देशको वर्तमान परिस्थितिको सन्दर्भमा मानवअधिकार संजाल चितवन र लोकतन्त्रका लागि पेशागत महासंघ (पापड) चितवन सँग आवद्ध संघ संस्था द्वारा जारि प्रेश विज्ञप्तिसामाजिक सद्धभाव र भाइचारा कायम राख्न सबैमा हार्दिक अपिल गर्दछौं ।


हामी स्मरण गराउन चाहान्छौ ठुला ठुला द्धन्द र अप्ठ्यारो परिस्थितिमा पनि बार्ता, बहस र आपसी मेलमिलापबाट नै समस्याको समाधान भएको कैयौँ उदाहरणहरु हामीमाझ छन् ।

उत्तेजना हिंसाबाट समस्याको समाधान कदापी हुन सक्दैन । तर्सथ सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई उच्च संयमता अपनाई शान्ति, सहिष्णुता, सामाजिक सद्भाव र आपसी सम्मानको वातावरण कायम गर्न हार्दिक आग्रह गर्दछौँ ।

लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने सबै प्रकारका समस्या संवाद, सहमति तथा संवैधानिक प्रक्रियामार्फत समाधान गर्नु नै सभ्य र जिम्मेवार राजनीतिज्ञहरुको दायित्व हो ।
हामी नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायलाई ध्यानार्कषण गराउन चाहान्छौँ प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको प्रत्याभुति मिलाई नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गरी, घटनाको निष्पक्ष छानबिन तथा दोषी माथी कानुनबमोजिम कडा कारबाही गर्न मानव अधिकारवादी पेशाकर्मी पत्रकार बुद्दीजिवी सबै सबैको तर्फबाट जोडदार माग गर्दछौँ ।