घटनाको निष्पक्ष छानबिन आवश्यक प्रक्रिया अघि बढाइने
गृहमन्त्री गुरुङको सिरहा भ्रमण दिउँसै हुने कार्यतालिका रहे पनि विभिन्न कारणले उनी मध्यरातपछि मात्रै पीडित परिवारको घर पुगेका हुन्। गणेश यादवको सिरहामा बिहीबार भएको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। गृहमन्त्री सुधन गुरुङ सिरहा घटनामा ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको परिवारलाई भेट्न मध्यरातमा औरही गाउँपालिका–२, तुलसियाही पुगेका छन्।
भेटका क्रममा गृहमन्त्रीले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाबारे जानकारी लिएको जनाइएको छ। साथै, घटनाको निष्पक्ष छानबिन र कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ।सिरहा घटनापछि स्थानीयवासी र विभिन्न पक्षले दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै आएका छन्। सरकारले घटनाको छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।
