चर्चित खेलाडी सावित्रा भण्डारीकाे उपचार खर्च सरकारले व्यहोर्नुपर्ने – कमल थापा
काठमाडौं। पूर्वमन्त्री तथा कमल थापाले राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को उपचार खर्च सरकारले व्यहोर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि आर्थिक सहयोगको अपिल गरेपछि थापाले सार्वजनिक प्रतिक्रिया जनाएका हुन्। उनले साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, आफ्नो तर्फबाट पनि यथासम्भव आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।थापा नेपाल फुटबल संघका पूर्वअध्यक्ष तथा पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत हुन्।यसैबीच, एन्फाका अर्का पूर्वअध्यक्ष गणेश थापाले पनि साम्बाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। उनले साम्बाको सामाजिक सञ्जालमा राखिएको सन्देशले आफू भावुक बनेको उल्लेख गर्दै आवश्यक उपचार गराएर पुनः खेलमैदानमा फर्काउने प्रतिबद्धता जनाएका छन्।गणेश थापाले व्यक्तिगत रूपमा तत्काल ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन्।
