मारवाडी मधेशी पहाडी थारू राजवंशी नेवार समुदायका व्यापारीले एउटै क्षेत्रमा मिलेर व्यापार गर्न आग्रह -प्रधानमन्त्रि
सोमबार र मंगलबार दिनरात कर्फ्यु तथा निषेधाज्ञा जारी गरियो। देवानगञ्ज घटनामा दुई जनाको मृ’त्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते भएका थिए। प्रशासनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेकै बेला बुधहाट चोकमा सँगै रहेका हनुमान मन्दिर र अन्जुमन इस्लामियाँ जामा मस्जिदले धार्मिक एकताको सन्देश दिइरहेका छन्।सुनसरीको देवानगञ्ज गाउँपालिका–३,कप्तानगञ्जमा आइतबार साँझ धार्मिक कार्यक्रमका क्रममा सुरु भएको विवादपछि उत्पन्न तनावका बीच विराटनगरको बुधहाट चोकले भने धार्मिक सद्भाव र सहअस्तित्वको उदाहरण प्रस्तुत गरिरहेको छ।
वर्षौँदेखि एउटै स्थानमा रहेका यी दुई धार्मिक स्थल फरक–फरक आस्थाका केन्द्र भए पनि आपसी सम्मान र सहकार्यलाई निरन्तरता दिँदै आएका छन्। धार्मिक चाडपर्व तथा सामाजिक गतिविधिमा दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने परम्परा रहेको स्थानीय बताउँछन्।बुधहाट चोकको पश्चिमतर्फ रहेको पुरानो हनुमान मन्दिरबाट करिब २० मिटरको दूरीमा अन्जुमन इस्लामियाँ जामा मस्जिद अवस्थित छ। मन्दिरमा दैनिक सयौँ भक्तजन पूजाआजा तथा भजन–कीर्तनका लागि पुग्ने गर्छन् भने मस्जिदमा दिनको पाँचपटक नमाज अदा गरिन्छ। शनिबार र मंगलबार मन्दिरमा उल्लेख्य भीड लाग्ने गरेको छ भने शुक्रबार मस्जिदमा दुईदेखि तीन हजारसम्म नमाजी सहभागी हुने गरेको बताइएको छ।
दुवै धार्मिक संस्थामा कसैको आवतजावतमा रोकटोक छैन। वरपरका पसल, होटल तथा व्यापारिक प्रतिष्ठानमा हिन्दु र मुस्लिम समुदायका नागरिक सँगै खानपान, किनमेल तथा सामाजिक गतिविधिमा सहभागी हुने गरेका छन्। हिन्दु, मुस्लिम, मारवाडी, मधेशी, पहाडी, थारू, राजवंशी र नेवार समुदायका व्यापारीले दशकौँदेखि एउटै क्षेत्रमा मिलेर व्यापार गर्दै आएका छन्।अन्जुमन इस्लामियाँ जामा मस्जिदका सचिव तनिवर कुरेसीले आफू जन्मिएदेखि नै मन्दिर र मस्जिद सँगसँगै रहेको देखेको र कहिल्यै धार्मिक सद्भावमा समस्या नदेखिएको बताए। उनका अनुसार यी दुई धार्मिक स्थल अहिले सहिष्णुता, साझा पहिचान र सामाजिक एकताको प्रतीक बनेका छन्।स्थानीय अनन्त शर्माका अनुसार बुधहाट चोक हाट लाग्ने चौतारो रहँदाकै समय, २०१० सालअघि नै मन्दिर र मस्जिद स्थापना भएका हुन्। उनका अनुसार यी दुवै धार्मिक स्थल दशकौँदेखि धार्मिक सहअस्तित्वको जीवन्त उदाहरणका रूपमा परिचित छन्।
