सर्लाहीमा हर्क साम्पाङ को सम्बोधन खस्रो देखिए पनि भित्रबाट मिठो छु
सर्लाहीको लाल बन्दीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको मूल विचार श्रम, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमान भएको बताएका छन् ।उनले विदेशी सोच र सहयोगमा होइन, आफ्नै पसिना र परिश्रमले देश बनाउने अडानसहित अघि बढेको दल नै श्रम संस्कृति पार्टी भएको दाबी गरे । देश परिवर्तन चाहने सबैका लागि यो साझा प्लेटफर्म भएको उल्लेख गर्दै उनले साथ र समर्थनको अपिल गरे ।मधेशमा पहिलो पटक सम्बोधन गर्न आएको उल्लेख गर्दै साम्पाङले यहाँ अन्य स्थानभन्दा बढी चुनौती रहेको संकेत गरे। यद्यपि उनले समस्याको स्पष्ट विवरण दिएनन्, तर ती सबै समाधानका लागि श्रम संस्कृति पार्टीलाई मजबुत बनाउनु आवश्यक रहेको धारणा राखे् ।
