मानवताका लागि रक्तदान अभियान सक्रिय बन्दै

Spread the love

पूर्ण चन्द्र चाापागाई

चितवनमा सञ्चालन हुँदै आएको ‘मानवताका लागि रक्तदान अभियान’ ले हालसम्म चौधौ सस्करणसम्ममा ३२८ युनिट रगत संकलन गर्दै रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।


अभियानले देशमा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ नियमित तथा आकस्मिक रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै दैनिक रक्त व्यवस्थापनको कार्यसमेत गर्दै आएको छ। उक्त अभियान प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर तथा सीएमसी रक्तसञ्चार युनिट को प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो।


चितवनमा अभियानले प्रभावकारी रूपमा कार्य गर्दै नारायणी नदी किनारमा सञ्चालन हुने रक्तदान कार्यक्रमले रक्तदानप्रति नागरिकको चासो र सहभागिता उल्लेखनीय रूपमा बढाएको अभियानका संयोजक राजेन्द्र प्रसाद पौडेल ले जानकारी दिनुभयो।


उहाँका अनुसार आगामी दिनमा विभिन्न सामाजिक तथा सेवामूलक संस्थासँग सहकार्य गर्दै रक्तदान व्यवस्थापनलाई अझ प्रभावकारी र व्यापक बनाउने अभियानको रणनीति रहेको छ।