योग्यता नेतृत्व क्षमता जनसम्बन्ध नैतिकता र सार्वजनिक उत्तरदायित्वका आधारमा मूल्याङ्कन गरिने

Spread the love

स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण, सुशासन र सक्षम नेतृत्व विकास गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको बताएका हुन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ। पार्टीले भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ।

उनका अनुसार स्थानीय तह निर्वाचनलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा लिइएको छ। सोही उद्देश्यअनुसार उम्मेदवार छनोटको पहिलो चरणस्वरूप आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन्।

रास्वपाले परम्परागत उम्मेदवार छनोट प्रणालीभन्दा फरक लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र आधुनिक मूल्याङ्कन प्रणाली अपनाउने जनाएको छ। हाल उम्मेदवार छनोटसम्बन्धी मापदण्ड, मूल्याङ्कन प्रणाली र प्रक्रियाबारे पार्टीभित्र छलफल तथा सुझाव सङ्कलन भइरहेको पनि आचार्यले बताएका छन्।पार्टीका अनुसार ‘क्यान्डिडेट क्लब’मा सहभागीहरूको योग्यता, नेतृत्व क्षमता, जनसम्बन्ध, नैतिकता र सार्वजनिक उत्तरदायित्वका आधारमा मूल्याङ्कन गरी अन्तिम उम्मेदवार छनोट गरिनेछ। रास्वपाले यसलाई संगठन विस्तार र दीर्घकालीन रूपमा सक्षम स्थानीय नेतृत्व उत्पादन गर्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ।