ऊर्जा सुरक्षा बलियो स्वच्छ तथा दिगो सार्वजनिक यातायात विस्तारमा ठूलो योगदान पुग्ने

Spread the love

दुईवटा हाइड्रोजन बस र एउटा समर्पित हाइड्रोजन रिफ्युलिङ स्टेशन स्थापना गर्ने प्रस्ताव पेश गरेको छ। करिब रु. ४० देखि ५० करोड लागत अनुमान गरिएको यो परियोजनाले नेपालमा हाइड्रोजन प्रविधिको व्यवहारिक परीक्षण गर्ने र दीर्घकालीन ऊर्जा रूपान्तरणको आधार तयार गर्ने विश्वास गरिएको छ।नेपालमा हाइड्रोजनबाट चल्ने सार्वजनिक यातायात सुरु गर्ने ऐतिहासिक प्रस्ताव अघि आएको छ। काठमाडौं विश्वविद्यालय ले सरकारसमक्ष नेपालकै पहिलो हाइड्रोजन–सञ्चालित सार्वजनिक बस सेवा परीक्षणका रूपमा सञ्चालन गर्न आग्रह गरेको

काठमाडौं विश्वविद्यालयका अनुसार यो परियोजनाले नेपालको पहिलो हाइड्रोजन नीति निर्माण, आवश्यक पूर्वाधार विकास तथा हाइड्रोजन इकोसिस्टम स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

विश्वविद्यालयले नेपालको अतिरिक्त जलविद्युत् उत्पादन उपयोग गरी हरित हाइड्रोजन उत्पादन गर्न सकिने उल्लेख गर्दै यसबाट डिजेल आयातमा निर्भरता घट्ने, ऊर्जा सुरक्षा बलियो हुने र स्वच्छ तथा दिगो सार्वजनिक यातायात विस्तारमा ठूलो योगदान पुग्ने जनाएको छ।यदि सरकारले प्रस्ताव स्वीकृत गरी कार्यान्वयनमा ल्याए, नेपाल हाइड्रोजन इन्धनमा आधारित सार्वजनिक यातायात परीक्षण गर्ने दक्षिण एसियाकै अग्रणी मुलुकहरूमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ।ऊर्जा आत्मनिर्भरता, वातावरण संरक्षण र आधुनिक प्रविधिको प्रयोगलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित काठमाडौं विश्वविद्यालयले सरकारलाई परियोजना शीघ्र अघि बढाउन आग्रह गरेको छ।