महिलामाथि कुटपिट गर्दै अपशब्द प्रयोग खुट्टाको पैतला चाट्न लगाएकोमा प्रक्राउ

Spread the love

वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २३/२४ वर्षीय समीर थापालाई बुधबार बेलुसमिर जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएकाे हो।धर्मको नाममा झारफुक तथा हेराउने बहानामा सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा सामाजिक सञ्जालमा ‘पाथीभरा माता’का नामले परिचित समीर थापालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले एक महिलामाथि कुटपिट गर्दै अपशब्द प्रयोग गरेको, अर्की महिलालाई खुट्टाको पैतला चाट्न लगाएको तथा उक्त दृश्यको भिडियो खिच्न निर्देशन दिएको देखिएको छ। भिडियो सार्वजनिक भएपछि प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।यसअघि पनि समीर थापाले गत असार २६ गते फेसबुक लाइभमार्फत विष सेवन गरेका थिए। त्यसपछि उनको उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा उपचार गरिएको थियो। प्रहरीले अहिले सार्वजनिक भएको भिडियो र घटनासम्बन्धी सबै पक्षबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ।