भाला खुँडा तरबारजस्ता घरेलु हतियार प्रयोग
अढाई घण्टा चलेको झडपमा दुवै पक्षले एकअर्काका घरमा आ’क्र’मण गर्दै आगजनी र तोडफोड गरेका हुन्।सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा मंगलबार साँझ पुनः दुई पक्षबीच झडप हुँदा १५ भन्दा बढी घरमा आगजनी तथा तोडफोड भएको छ।
प्रहरीका अनुसार झडपका क्रममा रड, भाला, खुँडा र तरबारजस्ता घरेलु हतियार प्रयोग गरिएको थियो।सुरक्षा निकायको हस्तक्षेपपछि अहिले अवस्था नियन्त्रणमा आएको र क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।
