मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २५ औं जिल्ला साधारणसभा /अधिबेशन भदौ १८ गते शनिबार हुने

Spread the love


मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा सभापति तथा शाखाका जिल्ला कार्यसमिति सदस्य पूर्ण चन्द्र चापागाईंले दिनुभएको जानकारी अनुसार भोलि मिति २०७९ साल भाद्र १८ गते शनिबारकादिन मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको साधारणसभा/अधिबेशन समेतको हुने भएकोले सम्पूर्ण अाजिवन सदस्य , साधारण सदस्य , शुभचिन्तकहरु लाई उपस्थितिको लागि अनुरोध गर्दछु भनी शाखाका सभापति शम्भु राउतद्वारा सूचना/बिज्ञपति गरिएको कुरा जानकारी गराइन्छ । स्थान : जिल्ला समन्वय समिति भवनमा हुनेछ ।
भरतपुर चितवन समय : ११:३० बजे ( कार्यक्रम निर्धारित समयमा शुरु हुनेछ ) र नयाँ कार्यसमिति चयन गर्नको लागि निर्वाचन अधिकृतको रुपमा अधिबक्ता श्रीराम सापकोटालाई नियुक्त गरिएको छ भने केन्द्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सभापति गोबिन्द खनालले सहभागिता जनाउनुहुनेछ । चितवन जिल्लाका सबै पार्टी प्रमुखहरूलाई समेत आतिथ्यता ग्रहण गर्दै मन्तव्यको लागि आमन्त्रण गरिसकिएको समेत जानकारी गराइएको छ ।