नेपाल फुटबल संघ राजनीतिक भर्ती केन्द्र बन्न नदिने

Spread the love

आगामी दिनमा अखिल नेपाल फुटबल संघ (एन्फा) राजनीतिक भर्ती केन्द्र बन्न नदिने बताएका छन्।उनले एन्फाको नेतृत्वमा नेपाली खेलाडी, फुटबलकर्मी र फुटबलप्रेमीहरूलाई प्राथमिकता दिइने स्पष्ट पार्दै खेलकुद संस्थामा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी दिनमा अखिल नेपाल फुटबल संघ (एन्फा) राजनीतिक भर्ती केन्द्र बन्न नदिने बताएका छन्। पोखरेलले भने, “अब बन्ने एन्फाका पदाधिकारीहरू नेपाली खेलाडी तथा फुटबल प्रेमीहरू मात्र हुनेछन्। एन्फालाई राजनीतिक भर्ती केन्द्र हुन थोरै पनि दिने छैनौँ।”