क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त स्वास्थ सेवामा सहजता हाेला त?

Spread the love

लामो समय त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सेवा दिँदै आएका डा. योगेन्द्रप्रसाद सिंह चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुत्त डा. सिंहलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालको अध्यक्ष पदमा नियुक्त गरेको हो। नियुक्तिको जानकारी मन्त्रालयबाट प्राप्त भएको उनले पुष्टि गरेका छन्।

अस्पतालको अध्यक्ष पदका लागि मन्त्रालयले गत वैशाख १५ गते आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि ८ जनाले आवेदन दिएका थिए।

नवनियुक्त अध्यक्ष डा. सिंहको नेतृत्वमा अस्पतालको सेवा, व्यवस्थापन र क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।