गोल गर्न सफल भए पुरुष फुटबल इतिहासमा छ वटा विश्वकप संस्करण मा गोल गर्ने पहिलो खेलाडी बन्ने
क्रिस्टियानो रोनाल्डोले आजको खेलमा रोनाल्डोले गोल गर्न सफल भए, उनी पुरुष फुटबल इतिहासमा छ वटा फरक–फरक विश्वकप संस्करण (2006–2026) मा गोल गर्ने पहिलो खेलाडी बन्नेछन्।यसअघि रोनाल्डोले २००६ देखि २०२२ सम्मका पाँच विश्वकपमा गोल गरिसकेका छन्। विश्वकपमा उनले हालसम्म २२ खेल खेल्दै ८ गोल गरेका छन्। २०२२ कतार विश्वकपमा गोल गरेपछि उनी पाँच विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडीका रूपमा फिफाबाट पनि सम्मानित भएका थिए।अब ४१ वर्षको उमेरमा रहेका पोर्चुगलका कप्तान रोनाल्डोमाथि सबैको ध्यान केन्द्रित छ। प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि रोनाल्डो अझै पनि टोलीका लागि महत्वपूर्ण स्ट्राइकर भएको, जसले गोल गर्नुका साथै सहकर्मी खेलाडीका लागि अवसर सिर्जना गर्न सक्ने बताएका छन्।समूह K अन्तर्गतको यस खेलले पोर्चुगलको अभियानलाई बलियो सुरुवात दिने अपेक्षा गरिएको छ।
