सरकारको बजेट वितरण असन्तुलित भएको आरोप बजेट पुनरावलोकन गर्नुपर्ने माग

Spread the love

सबिना प्रजा

बजेट पुनर्लेखनको मागलाई खिसीटिउरी गर्दै आएका वाग्ले अहिले आफ्नै गठबन्धनका सांसदहरूको दबाबमा परेका छन्।प्रतिनिधिसभाको बुधबारको छलफलमा सत्तापक्षकी सांसद इन्दिरा रानामगरले समेत बजेट पुनरावलोकन गर्नुपर्ने माग राखेकी छन्। उनले झापा, जुम्ला र हुम्लाजस्ता दुर्गम क्षेत्रमा सडक, एम्बुलेन्स पहुँच र आधारभूत पूर्वाधारको अभाव देखाउँदै सरकारको बजेट वितरण असन्तुलित भएको आरोप लगाइन्।यसअघि विपक्षी सांसदहरूले पनि अर्थमन्त्री वाग्लेले आफ्नो निर्वाचन क्षेत्र र केही सहरकेन्द्रित क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको भन्दै कडा आलोचना गरेका थिए। कर्णालीलाई फेरि पनि उपेक्षा गरिएको आरोपसँगै संसद्‌मा असन्तुष्टि झन् चर्किएको छ।

अर्थमन्त्रीमाथि बजेट हेरफेर, सूचना चुहावट र कर नीति विवादजस्ता विभिन्न मुद्दा एकसाथ उठिरहेका बेला अहिले बजेट विनियोजनमै “पक्षपात” गरेको आरोप थप बलियो बनेको छ। सांसदहरूले १–२ लाखका साना खुद्रे योजनामा समेत बजेट छुट्याइएको भन्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाएका छन्।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त अर्थमन्त्रीको शैलीलाई वडाअध्यक्षस्तरको भन्दै तीव्र आलोचना गरेका छन्।समग्रमा, “सन्तुलित बजेट” भनेर प्रस्तुत गरिएको योजना अहिले संसदभित्रै विवाद र दबाबको केन्द्रमा पुगेको देखिएको छ।