गोलकिपरकाे सपना पूरा हुने सम्भावना भावनात्मक कथाले विश्वभरका फुटबल समर्थक हरूको ध्यान भोजिन्हाको खेलमा

Spread the love

राष्ट्रिय फुटबल टोलीका गोलकिपर भोजिन्हाको आमालाई संयुक्त राज्य अमेरिका ल्याउन आर्थिक अभावका कारण अमेरिका जान आवश्यक भिसा प्रक्रिया र खर्च जुटाउन नसकेपछि यस विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएपछि अमेरिकी पक्षबाट सहयोगको प्रयास सुरु भएको बताइएको छ।

भोजिन्हाले यसअघि आफ्नी आमालाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो खेल प्रत्यक्ष देखाउने इच्छा व्यक्त गरेका थिए। तर आर्थिक समस्याका कारण त्यो सपना अधुरै रहेको थियो।अब अमेरिकी निकायहरूको सहयोग प्राप्त भएमा उनकी आमाले अमेरिका पुगेर छोराको खेल नजिकबाट हेर्ने अवसर पाउन सक्ने अपेक्षा गरिएको छ।विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चा बटुलेका भोजिन्हाको यो भावनात्मक कथाले विश्वभरका फुटबल समर्थकहरूको ध्यान तानेको छ। धेरै समर्थकहरूले सामाजिक सञ्जालमार्फत उनको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरिरहेका छन्।