केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन खाेज्ने आपराधिक नै हुन त ?
सबिना प्रजा
नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन माग्ने कामलाई आपराधिक संज्ञा दिएका छन्। सचिवालय बैठकमा बहुसंख्यक सदस्यहरूले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका बेला बस्नेत भने बचाउमा उभिँदै भने, “संकटका बेला नेतृत्व हटाउन खोज्नेहरू अपराधी हुन्।”
महासचिव शंकर पोखरेल र उपमहासचिव लेखराज भट्टले पुनर्गठनको पक्षमा धारणा राखेका थिए। भट्टले ६० वर्षमाथिका नेताहरू बिदा भएर युवा पुस्तालाई जिम्मा दिनुपर्ने प्रस्ताव समेत प्रस्तुत गरेका छन्। उपमहासचिव योगेश भट्टराईले राजीनामा नै दिनुपर्ने बताए । शनिबारको बैठकमा ९ जना पदाधिकारीले धारणा राखेका थिए। बैठक आइतबार पुनः अध्यक्ष ओली निवास गुण्डुमा बस्ने तय भएको छ।
