नेतृत्व हस्तान्तरण पुनर्गठन पुस्तान्तरणका विषयमा नेताहरूबीच स्पष्ट ध्रुवीकरण
सबिना प्रजा
महेश बस्नेतले संकटका बेला अध्यक्ष ओलीको राजीनामा माग्नु “अपराधजस्तो काम” भएको भन्दै कडा चेतावनी दिएका छन्। उनले नेतृत्व हटाउने बहसलाई नै अस्वीकार गर्दै पार्टीलाई कमजोर बनाउने प्रयास भएको टिप्पणी गरेका छन्।
उता लेखराज भट्टले ६० वर्षभन्दा माथिका नेताहरूले बिदा लिएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै पुस्तान्तरणको प्रस्ताव अघि सारेका छन्।
त्यस्तै शंकर पोखरेलले पार्टी अहिलेको अवस्थामा यथास्थितिमा चल्न नसक्ने भन्दै “समग्र पुनर्गठन” आवश्यक रहेको धारणा राखेका छन्।
बैठकमा नेतृत्व हस्तान्तरण, पुनर्गठन र पुस्तान्तरणका विषयमा नेताहरूबीच स्पष्ट ध्रुवीकरण देखिएको छ। बैठक भोलि पुनः बस्ने तयारी गरिएको छ।
