पार्टीभित्र लामो समयदेखि बालेन्द्र शाह र रवि लामिछाने समूहको चर्चा

Spread the love

सबिना प्रजा

पार्टी स्थापना भएको चार वर्षपछि आयोजना हुन लागेको महाधिवेशनबाट नयाँ वैधानिक नेतृत्व चयन गरिनेछ।पार्टीभित्र भने सभापति पदमा रवि लामिछाने को विकल्प नरहेको आवाज बलियो बन्दै गएको छ। नेताहरूले पार्टीभित्र सहमतिमै नेतृत्व चयन हुने दाबी गरेका छन्।

संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टी एकीकृत रूपमा अघि बढिरहेको उल्लेख गर्दै गुट–उपगुटको कुनै प्रभाव नरहेको बताएका छन्। उनका अनुसार फरक विचारका मानिसहरू पार्टीमा आउनु स्वाभाविक भए पनि त्यसले संगठनलाई असर गर्ने अवस्था छैन।पार्टीभित्र लामो समयदेखि बालेन्द्र शाह र रवि लामिछाने समूहको चर्चा हुने गरेको छ। तर नेताहरूले दुवै नेताबीच कुनै असमझदारी नरहेको दाबी गर्दै आएका छन्।सभापति लामिछानेले पनि समूहगत राजनीति नगर्न नेताहरूलाई आग्रह गरेका थिए। उनले बालेन–रवि भनेर विभाजनको राजनीति गर्दा केही सांसद मन्त्री बन्ने अवसरबाट वञ्चित भएको टिप्पणीसमेत गरेका थिए।महाधिवेशन तयारीस्वरूप रास्वपाले देशभर प्रतिनिधि खटाइसकेको छ। पार्टीका महामन्त्री भूपदेव शाहले संगठनलाई महाधिवेशन केन्द्रित अभियानमा लाग्न निर्देशन दिइसकेका छन्।महाधिवेशनबाट १३ सदस्यीय केन्द्रीय पदाधिकारी र १२९ सदस्यीय केन्द्रीय समिति चयन हुने व्यवस्था छ। पार्टी विधानअनुसार सभापति निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्नेछ।