पूर्वमन्त्री दीपक खड्काको सम्पत्ति छानबिन हुदै सबै भ्रष्टहरूकाे सम्पति कहिले बाट छानबिन हुने ?
अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायले उनको आर्थिक गतिविधिमाथि निगरानी गरिरहेका छन्। अख्तियारले भने गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा जेठभित्रै मुद्दा दायर गर्ने लक्ष्यसहित अनुसन्धान अघि बढाएको बताइएको छ।खड्काको नाम यसअघि बुढानीलकण्ठस्थित निवासमा ठूलो रकम भेटिएको चर्चासँगै सार्वजनिक रूपमा चर्चामा आएको थियो। त्यसपछि उनीविरुद्ध विभिन्न निकायले छानबिन सुरु गरेका थिए।
आफन्त र निकट सहयोगीका नाममा राखिएका सम्पत्ति तथा अन्य आर्थिक लेनदेनबारे पनि अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।पूर्वमन्त्री दीपक खड्काको नामसँग जोडिएको सम्पत्तिको आकार एक अर्ब रुपैयाँ नाघेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्र बनाएको छ। भेटिएको सम्पत्तिको उल्लेख्य हिस्सा वैधानिक स्रोतबाट आर्जित भएको पुष्टि गर्न नसकिएको स्रोतको दाबी छ।
अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायले उनको आर्थिक गतिविधिमाथि निगरानी गरिरहेका छन्। अख्तियारले भने गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी कसुरमा जेठभित्रै मुद्दा दायर गर्ने लक्ष्यसहित अनुसन्धान अघि बढाएको बताइएको छ।खड्काको नाम यसअघि बुढानीलकण्ठस्थित निवासमा ठूलो रकम भेटिएको चर्चासँगै सार्वजनिक रूपमा चर्चामा आएको थियो। त्यसपछि उनीविरुद्ध विभिन्न निकायले छानबिन सुरु गरेका थिए।आफन्त र निकट सहयोगीका नाममा राखिएका सम्पत्ति तथा अन्य आर्थिक लेनदेनबारे पनि अनुसन्धान जारी रहेको स्रोतले जनाएको छ।
