दुर्गा प्रसाई गिरफ्तारीले देशभर चासो
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीरगञ्जबाट पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई वीरगञ्जस्थित दियोलो होटलबाट नियन्त्रणमा लिइएको हो ।
‘माथिको आदेश’ भन्दै गरिएको उक्त कारबाहीबारे प्रहरीले प्रारम्भिक रूपमा पुष्टि गरेको छ, तर उनलाई कुन मुद्दामा पक्राउ गरिएको हो भन्ने विषय अझै खुलाइएको छैन ।
अचानक भएको यो पक्राउपछि घटनालाई लिएर थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ भने प्रसाईंको गिरफ्तारीले देशभर चासो बढाएको छ ।
