रामबाबु पुरीको अध्यक्षतामा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम सम्पन्न

Spread the love

माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यता, मुख्ममन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामबाबु पुरीको अध्यक्षतामा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रम (PLGSP) अन्तरगत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरुमा नीति संवाद कार्यशाला कार्यक्रम ।

प्रदेश सुशासन केन्द्र हेटौंडाको सभाहलमा भएको कार्यशालामा विज्ञद्वय उमेशप्रसाद मैनालीले संङ्घीय सुशासन र सुधारका मार्गचित्र र डा. नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभुत चुनौतीहरु र समाधान बारे प्रस्तुती दिनुभएको थियो । कार्यक्रममा पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, बागमती प्रदेशका मन्त्रीहरु, बागमती प्रदेशसभाका विभिन्न समितिका सभापतिहरु, संसदीय दलका नेताहरु, प्रमुख सचेतक, सचेतक र सबै मन्त्रालयका सचिवहरुलगायत विभिन्न मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।