Wednesday, May 20, 2026

कालिका नगरपालिकामा मिना खरेलको घरदैलो उर्लियो जनसागर

Spread the love

चितवन – चितवनको कालिका नगरपालिकामा भएको मिना खरेलको घरदैलो अभियानमा जनसागर उर्लिएको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर २ की उम्मेदवार मिना खरेलले घरदैलो अभियानलाई तिब्र बनाएकी छन् । सोही क्रममा (आज) मंगलबार कालिकामा भएको घरदैलो अभियानमा व्यापक संख्यामा जनसहभागिता देखिएको छ।कालिकाको ८, ९, १० र ११ वडामा गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उर्लिदो जनसागरले अभियानलाई थप ऊर्जा दिएको थियो । घरदैलो अभियानमा उत्साहजन उपस्थितिले त्यहाको माहोल आमसभा गरेको भन्दा कम थिएन ।समर्थकहरूले बिहानैदेखी लामो लाईनमा बसी बाजागाजा सहित नाचगान गरी हजारौंको संख्यामा सडकमै रुख चिन्हको रङ्गोली बनाएर मीना खरेललाई भव्य स्वागत गरेका थिए ।यतीबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप चुलिएको छ। घरदैलो अभियानमा यतिबेला कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको छ।खरेल आफ्ना एजेण्डा लिएर निरन्तर मतदाताको घरदैलोमा सकृय छन् । उनले चितवन २ का विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् ।उम्मेदवार मिना कुमारी खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकि हुँ उनले भनिन्।मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूति समेत गरेकी छु। खरेलले भनिन्। “जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु,” उनले भनिन्।