भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईलाई रिहा गर्ने सर्वोच्च अदालतकाे आदेश

Spread the love

सर्वोच्च अदालतले फागुन ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई रिहा गर्ने आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उनलाई छाड्ने निर्णय गरेको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिएका छन्।

प्रसाईंलाई यसअघि माघ २३ मा पनि पक्राउ गरिएको थियो। त्यतिबेला उनी हाजिर जमानीमा रिहा भएका थिए। उक्त घटनामा निर्वाचनसम्बन्धी बोलेका केही कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो।

प्रसाईंमाथि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन विथोल्ने अभियान सुरु गर्ने आशंका राख्दै प्रहरीले पटक–पटक पक्राउ गरेको थियो। माघ ५ मा पोखराबाट पनि उनलाई पक्राउ गरी बयान लिइएको थियो।