पार्टीले धोका दिएको भन्दै राजीनामा दिँदै पार्टी परित्याग

Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार सिफारिस भएका श्री कुँवरले पार्टीले धोका दिएको भन्दै राजीनामा दिँदै पार्टी परित्याग गरेका छन्।

कुँवर रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका थिए। रास्वपाले सो क्षेत्रमा उनका साथै ६ जनाको नाम सिफारिस गरेको थियो।

अमेरिकामा बसोबास गर्दै आएका कुँवरले पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार चयन गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। विशेष गरी बालेन शाहको कोटाबाट उनका सल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको निर्णयप्रति उनी असन्तुष्ट बनेका थिए।

कुँवरले भने, “म अमेरिकामा व्यवस्थित रूपमा बसिरहेको थिएँ। तर रास्वपाका क्षेत्रीय नेताहरूले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेकाले प्राइमरी इलेक्सनमा सहभागी भएँ। पार्टीले भने प्राइमरी नगरी उम्मेदवार चयन गरेकोले म असन्तुष्ट भएँ।”