रुससँगको जारी युद्धमा अहिलेसम्म करिब ५५ हजार युक्रेनी सैनिक मारिए

Spread the love

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको जारी युद्धमा अहिलेसम्म करिब ५५ हजार युक्रेनी सैनिक मारिएको बताएका छन्। फ्रान्स २ टेलिभिजनसँगको पूर्व रेकर्ड गरिएको अन्तर्वार्तामा उनले यो तथ्य सार्वजनिक गरेका हुन्।जेलेन्स्कीका अनुसार मृतकमा पेसागत सैनिक र अनिवार्य रूपमा भर्ती गरिएका दुवै समावेश छन्। ठूलो सङ्ख्यामा सैनिकहरू अझै बेपत्ता रहेको उनले बताए, तर त्यहाँको ठ्याक्कै संख्या खुलाएका छैनन्।यी टिप्पणीहरू रुस–युक्रेन युद्धको चौथो वर्षगाँठ नजिकिँदै गर्दा र अबुधाबीमा जारी युद्धविराम वार्ताको पृष्ठभूमिमा आएका हुन्। यसअघि सन् २०२५ को फेब्रुअरीमा उनले मृतक सैनिकको सङ्ख्या ४६ हजारभन्दा बढी रहेको बताएका थिए।सन् २०२५ को मध्यसम्म, वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजको अनुमान अनुसार झन्डै ४ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका थिए। संयुक्त राष्ट्रसंघले सन् २०२५ मा रुसी आक्रमणबाट २,५१४ सर्वसाधारणको मृत्यु र १२,१४२ घाइते भएको जानकारी दिएको छ।रुसले पनि युद्धमा ठूलो क्षति बेहोरेको छ। युक्रेनका सैन्य कमान्डर ओलेक्सान्द्र सिस्र्कीका अनुसार सन् २०२५ मा करिब ४ लाख २० हजार रुसी सैनिक मारिएका वा घाइते भएका छन्।