रक्तदान कार्यक्रम सम्पन्न
नवीन प्रविधि कृषि सहकारी संस्थाकाे पाँचौ स्थापना तथा सहिद दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नवीन प्रविधि कृषि सहकारी संस्था , राधापुर युथ क्लब र

लायन्स क्लब अफ शिवनगरकाे संयुक्त आयाेजनामा सम्पन्न रक्तदान कार्यक्रम सहकारी संस्थाका कार्यवाहक अध्यक्ष बसन्तराज पाैडेलकाे अध्यक्षता , भरतपुर -१४ का वडा अध्यक्ष राजेन्द्र शाँखिकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । १४ जना महिला सहित ५९ जना स्वयंसेवि रक्तदाताले रगत दान गर्नुभएको कार्यक्रममा कार्यक्रम संयाेजक नेपाल रेडक्रस साेसाइटि महेन्द्रचाेक उपशाखाका सभापति जीवन केसीले स्वागत र धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो


भने कार्यक्रम संचालन लायन्स क्लब अफ शिवनगरका सचिव दुर्गा प्रसाद तिमिल्सिनाले गर्नुभएको थियोे ।
