देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतकाे रूवाबासि
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको निर्णयप्रति देउवा पक्षले आपत्ति जनाएको छ। देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले आयोगले विधि र प्रक्रियाको धज्जी उडाएको आरोप लगाउँदै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताए।आयोगले आवश्यक कागजात अध्ययन गरी थापा नेतृत्वको केन्द्रीय समितिलाई वैधानिक मान्यता दिएको थियो। देउवा पक्षले पनि आफूहरू आधिकारिक भएको दाबी गर्दै छुट्टै कागजात पेश गरेको थियो, तर आयोगको निर्णयसँगै चुनाव चिह्न र रुख तथा चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ।
