नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा

Spread the love

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसअघि शेरबहादुर देउवा पक्षले तरुण दस्ता खटाएर नियन्त्रणमा राखेको पार्टी कार्यालयमा निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि प्रहरी परिचालन गरिएको हो।

शुक्रबार साँझदेखि पार्टी कार्यालयमा कुनै पनि कांग्रेस कार्यकर्ता छैनन्। यसअघि देउवा पक्षका कार्यकर्ता राति समेत कार्यालयमा बसेका थिए। आयोगको निर्णयपछि प्रहरीले सुरक्षा बढाउँदै कार्यालय परिसर कार्यकर्तामुक्त गराएको हो।