तालिकाअनुसार महाधिवेशन नभए विशेष महाधिवेशन हुने
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका पारित गर्ने पार्टीको केन्द्रीय समितिको बैठकका निर्णयमाथि ‘अतिरिक्त धारणा’ दर्ता गराएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्न नपाएपछि उनले अतिरिक्त धारणा दर्ता गराएका हुन् । थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष अतिरिक्त धारणा दर्ता गराएका हुन् ।अतिरिक्त धारणामा उनले महाधिवेशनको तालिका र समय ग्यापबारे प्रश्न उठाउँदै तालिकाअनुसार महाधिवेशन नभए विशेष महाधिवेशन हुने र हस्ताक्षर फिर्ता नहुने स्पष्ट पारेका छन् ।
