मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २८ औ वार्षिक साधारणसभा सम्पन्न
२९ कार्तिक , भरतपुर
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २८ औ वार्षिक साधारणसभा ” नागरिक आकांक्षा , नागरिक स्वतन्त्रता र नागरिक सर्वाेच्चता ” भन्ने मुल नाराका साथ सम्पन्न ।
चितवन शाखाका सभापती पूर्ण चन्द्र चापागाँईकोअध्यक्षतमा केन्द्रीय सभापति रेनुका पाैडेल प्रमुख वक्ता रहनुभएकाे साे कार्यक्रममा निबर्तमान सदस्य बिनाेद कुमार अधिकारी , पुर्ब शाखा अध्यक्ष अनन्त ढुंगाना , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य , पुर्व केन्द्रीय उपसभापति उद्दव लाेहनी , केन्द्रीय सदस्य शम्भु राउतले शुभकामना मन्तब्य राख्नुभएको थियाे । साे साधारणसभाले सचिव जयन्ती प्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष कृति चाैधरीले पेश गर्नु भएको आर्थिक विवरण अनुमाेदन गरेको थियो । शान्ति समाज चितवन शाखाका उपसभापति जीवन के सी ले स्वागत मन्तब्य राख्नुभएको साधारणसभाकाे सहजिकरण शाखाका सचिव जयन्ती प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
