ट्रामाडोल ८३०० क्याप्सुल सहित ५ जना पक्राउ

Spread the love

जिल्ला मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं. ५ स्थित सानोपोखरामा लागुऔषधकारोबार भईरहेको छ भन्ने प्राप्त सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा बसिरहेको अवस्थामा जिल्ला मकवानपुर बकैया गाउपालिका वडा नं. १२ घर भई हेटाैडा उपमाहानगरपालिकावडा नं. १५ बस्ने बर्ष १९ को अशोक स्याङतान, वडा नं. १७ बस्ने बर्ष २० को प्रवेश बरैली, ऐ.वडा नं. ४ बस्ने बर्ष २० को निशान कोईराला, वडा नं. १७ बस्ने बर्ष ३५ को बक्सर भन्ने राजिब लामा र मकवानपुर गढी गाउपालिका वडा नं. २ बस्ने बर्ष २३ को दिपेश संजेललाई फेला पारी रितपुर्वक खानतलासी गर्ने क्रममा निजहरुले खाली जग्गामा बिक्रिबितरणको लागी लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ८३०० पिस क्याप्सुल फेला परेको हुंदा उक्त लागुऔषध तथा ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नं. को माेटरसाईकल समेत बरामद गरी निजहरु अशोक स्याङतान, प्रवेश बरैली, निशान कोईराला, बक्सर भन्ने राजिब लामा र दिपेश संजेललाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागुऔषध कसुर मुद्धामा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरकाे सुचना अधिकारिले जानाकारि दिनुभयाे ।