निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील

Spread the love

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा अर्थ मन्त्रि रामेस्वर खनालले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रयासरत रहेको धारणा व्यक्त गरे।

उनका अनुसार सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरणका कार्यक्रम अघि सारिसकेको छ। साथै, सन्दर्भ मूल्य खारेज गर्दै भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरिएपछि बजारमा पारदर्शिता र निष्पक्ष कारोबारमा सुधार आउने विश्वास व्यक्त गरे।

निजी क्षेत्रका तिनै संस्थाका अध्यक्षहरूले सरकारको कदमको प्रशंसा गर्दै नयाँ डेटाबेस प्रणालीको प्रभावकारी उपयोग गर्न उद्यमी व्यवसायीलाई आग्रह गरे। क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् ।