घुस माग्नेअनावश्यक दुःख दिने भएमा कारवाहि गर्ने

Spread the love

विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस/रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१-४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१-४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१-४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीनवटै मन्त्रालयमा गुनासो gunaso.minister@gmail.com मा पठाउन सकिने छ ।