डाईजेपाम ५८५० एम्पुल, ट्रामाडोल २४० क्यापसुल सहित भारतिय सुमो पक्राउ

Spread the love

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट र प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा उप महानगरपालिका वडा नं १५ रातोमाटे चेक पोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा रक्सौलबाट काठमाण्डौ तर्फ जान आउँदै गरेको BR O1 PB1802 नम्बरको भारतिय सुमोलाई रोकी चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष ३५ को किस्मत अली बस्ने बर्ष २८ को शाहरख अलीलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा कालो प्लाष्टिकमा ३९ वटा पोकामा प्रतिवन्धित लागु औषध PHENERGAN-१९५० एम्पुल, NOOPHIN-१९५० एम्पुल, DIAZEPAM-१९५० एम्पुल गरी जम्मा ५८५० एम्पुल र TRAMADOL २४० क्याप्सुल समेत फेला परेको हुंदा उक्त लागुऔषध. तथा सवारी साधन समेत बरामद गरी निजहरु किस्मत अली र शाहरुख अलीलाई नियन्त्रणमा लिई जिल्लाअदालत मकवानपुर हेटौडाबाट लागुऔषध कसुर मुद्धामा म्याद थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकानपुरका सुचना अधिकारिले बताउनु भयाे ।