लायन्स क्लब द्वारा न्यानो कपडा बितरण
पुर्णचन्द्र चापागाई
बैदिक गुरुकुल आश्रम गुन्जानगर चितवनमा लायन्स क्लब को कलस्टर ५ अन्तर्गतका क्लबहरू नारायणगढ चौतारी, चितवन गोल्डेन, चितवन माउण्ट एभरेस्ट, चितवन इभरग्रीन, चितवन वाङ्गमय, चितवन सिटी मर्सी, चितवन राइज, भरतपुर मिड टाउन, चितवन ब्लु स्काइ, चितवन महा लक्ष्मी, चितवन चन्द्र सूर्य, माडी इको र चितवन सुर्योदय लगायत क्लबहरूको सम्युक्त प्रयासबाट चितवन माडीको स्याउलीबासमा भएको न्यानो कपडा बितरण कार्यक्रमको निरन्तरताको रुपमा पार्ट टु कार्यक्रम परमानन्द बैदिक गुरुकुल आश्रममा मिति २०८१ साल माघ २२ गते बेलुका ०५:०० बजे बिद्यार्थिहरूलाई न्यानो कपडा बितरण गरी सम्पन्न भएको छ । उक्त कार्यक्रम लायन्स क्लब अफ नारायणगढ चौतारी, लायन्स क्लब अफ माडी इको लगायत १३ वटा क्लबको सम्युक्त आयोजनामा सम्पन्न भएको छ । यस पुण्यकार्यमा अध्यक्षता MJF लायन माधव प्रसाद अधिकारीले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिमा डिस्ट्रीक्ट गभर्नर MJF Lions दिनानाथ न्यौपाने ज्यू ,विशिस्ट अतिथि 2nd VDG MJF लायन प्रभाकर पण्डित, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष मुक्तिनाथ ढकाल, प्राचार्य ज्ञान प्रसाद भुर्तेल लगायत वडा प्रतिनिधि स्थानीय बुद्दिजिबि समेतको उपस्थितिमा MJF लायन उमेश ढकालले स्वागत मनतब्य राख्नुभएको थियो ।
मानवीय कार्यमा समर्पित संस्था लायन्स क्लबहरूको यस पुण्य कर्मको प्रसंशा गर्दै बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष ज्यू ले आफ्नो सारगर्भित मनतब्य राख्नुभएको थियो । यसै अवसरमा लायन्स क्लबले समाजमा भएका समस्याहरू पहिचान गरी जनसेवामा आफूलाई समर्पित गर्दै बिभिन्न क्षेत्रमा मानवीय सेवाको कार्यलाई अगाडि बढाउदै आएको कुरामा जोड दिदै प्रमुख अतिथि दिनानाथ न्यौपानेले आफ्ना सारगर्भित बिचार ब्यक्त गर्नुभएको थियो । रहनु भएको थियो। उक्त अवसरमा माडी इकोका प्रेसिडेन्ट सुबास कुमार तिवारी लगायतका १३ वटै क्लबका प्रेसिडेन्ट पदाधिकारी र सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
