बच्चा बेवारिसे अवस्थामा फेला
जिल्ला कास्की पोखरा पृथ्वीचोक बसपार्क घर ठेगाना बताउने निम्न हुलिया भएको बालक ३ गते जिल्ला चितवन भरतपुर महानगर पालिका. वडा नं. १० चौबिसकोठीमा वेवारिस अवस्थामा फेला पारी हाल संरक्षणको लागि जिल्ला चितवन भरतपुर महानगर पालिका.०५ कल्याणपुर स्थित रहेको P2C2 संस्थामा राखिएको ले निज बालकलाई चिन्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय चितवनको मोबाईल नम्बरहरु ९८५५०९०१३३, ९८५५०९०४२२, ०५६-५९४८९२ मा सम्पर्क गरि जानकारी गराई दिनहुन जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारिले बताउनु भयाे ।
निम्न हुलिया :-
नाम थर :- फुर्वा चौहान
उमेर :- १५ वर्ष
हुलिया :- वर्ण गहुँगोरो, उचाई अ. ४.५. फिट, निलो हाईनेक, खरानी रंगको Addidas लेखेको ट्राउजर, र चप्पल गलाएको, आंशिक दृष्टि विहिन (हल्का आँखा नदेख्ने)
