७६औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा दिप प्रज्ज्वलन गरी सम्पन्न

Spread the love

७६अैां विश्व मानवअधिकार दिवसको सन्दर्भमा मानवअधिकार संजाल चितवनका सदस्यहरुवाट कारागार शाखा चितवनमा रहेका कैदि बन्दी र थुनुवाहरूको मानव अधिकारको अवस्था के कस्तो रहेको छ भन्ने विषयमा अवलोकन गर्ने कार्यक्रम सम्पन्न भयो । मानवअधिकार संजाल चितवनका सम्योजक दिपक लामिछाने , मानवअधिकार संजाल का निवर्तमान संयाेजक तथा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति राजेन्द्र पाैडेल,मानवअधिकार संजालका पुर्व सम्योजक तथा राष्ट्रिय मानवअधिकार सरोकार केन्द्रका केन्द्रीय सदस्य विश्वनाथ ओझा, सुचना पुनरावेदन समिति वागमती प्रदेशका सरोकार अध्यक्ष तथा नेपाल मानवअधिकार संगठन चितवनका सभापति हरि प्रसाद अधिकारी ,नेपाल मानवतावादी संघका अध्यक्ष शान्ता अधिकारी ,पत्रकार महासंघ चितवनका सचिव तथा ईन्सेकका प्रतिनिधि दिपेन्द्र अधिकारी , मानवअधिकार तथा शान्ति समाजका जिल्ला सभापति पुर्णचन्द्र चापागाईं, नेपाल समाजवादि पत्रकार संगठनका अध्यक्ष टिकादत्त तिमेल्सेना, मानवअधिकार तथा शान्ति समाजका निवर्तमान सभापति शम्भु राउत,नेपाल पत्रकार महासंघ चितवनका सदस्य वविलाल तमाङ,शान्ति समाजका जिल्ला सदस्य कृति चौधरी लगायत मानवअधिकारकर्मि सदस्यहरु र सरोकार राख्ने पत्रकार समेतको सहभागीता रहेको थियो । सो अवसरमा चितवन जिल्ला कारागार शाखा कार्यालयका कार्यालय प्रमुख कमल शर्मा आचार्यले कारागारको विगत र वर्तमानको अबस्थाको वारेमा जानकारी दिनुका साथै कैदि बन्दी र थुनुवाहरूको स्थलगत रुपमा भित्री वसाई ,खुवाई,सरसफाइका साथै कैदिवन्दिहरुले कारागार भित्र आफुले जानेको सिपलाई आय आर्जनको माध्यम वनाउने कार्य जस्तै कपडा वनाउने साना हाते तान,कपडा सिलाउने ,मुढा वनाउने घरेलु उद्योग जस्ता जीवन उपयोगि र निर्वाहामुखि कार्य सन्चालनको अवस्था वारे स्थलगत रुपमा अवलोकन गर्ने कार्य सम्पन्न भएको थियो । सो अवसरमा भरतपुर कारागारको क्षमता लगभग ४०० जना रहेकोमा मिति २०८१/०८/२३ गते सम्म ७५७ जना कैदिवन्दि/ थुनुवा रहेको अवस्था रहेको जानकारी गराउनु भएको थियाे! कारागारको क्षमता भन्दा वढी कैदिवैन्दि र थुनुवा हुनगएकोले रात्रिमा सुत्नका केही अफ्ट्यारो र केहिमा स्वास्थ्य समस्या रहेको देखिएकाले सम्वन्धित सरोकारवाला निकायहरुले उक्त समस्या समाधानको लागि पहलगर्नका लागि मानवअधिकार संजाल चितवन ध्यानाकर्षण गाराउने बारेमा समेत छलफल भएको थियो उक्त कुराहरू मानवअधिकार संजाल चितवन का मानव अधिकार तथा शान्ति समाज चितवन शाखाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय उपसभापति राजेन्द्र पौडेल निवर्तमान शाखा सभापति शम्भु राउत, कृति चौधरी समेतको टोली चितवन जिल्ला कारागार निरिक्षणमा गएको कुरा मानव अधिकार तथा शान्ति समाजको तर्फबाट चितवन शाखा सभापति पूर्ण चन्द्र चापागाई बताउनु भयो ।