असार २०८१ अर्किड मा वि द्वारा राष्ट्रिय धान दिवस सम्पन्न
पूर्ण चन्द्र चापागाई
” मानो रोपि मुरि फलाउने” दिनको अवसरमा समाजका प्रबुद्ध र नागरिक अगुवाहरू, त्यस्तै खाले सास्कृतिक र पर्वगत विशेषता बोकेको ” “दहि च्युरा” खाने दिनको तयारीमा रहदै गर्दा एकै एकै उमेर समुहका स साना लामबद्द बालबालिकाहरू आइपुग्दा वार्ड अध्यक्ष श्री कृष्ण देवकाेटा वरपर कौतुहलमय हिसाबले हेर्दै केही बुझन खोज्दै हुनुहुन्थ्यो यस्तै भाव हातमा दहि चिउरा को प्लेट लिएर बसिसकेका अन्य सहभागी हरूमा पनि देखिएको थियो। अन्ततः बालबालिकाहरूको गरेर सिक्ने परियोजना सिकाइ अन्तरगत विद्यार्थीहरूको आगमन भएको स्काउट ट्रुप को नेतृत्व गरि आउनु भएका शिक्षक मिलन पनेरूले प्रमुख वार्ड अध्यक्ष देवकाेटाले लाई बताएपछी उहाँको स्वागतसङै विद्यार्थीहरू केही खेत को छेउछाउमै र केही खेत भित्र पसे। दृश्य थियोे भरतपुर महानगर पालिका वार्ड न १५ स्थित फुलबारी को, प्रसङ्ग थियोे राष्ट्रिय धान दिवस २०८१ को कार्यक्रम समारोह को, जसमा सहभागी हुन आएका थिए स्काउट सम्बन्ध अर्किड मा वि भरतपुर १० का विद्यार्थीहरू।
राष्ट्रिय धान दिवस र यस सम्बन्धित र यस वर्षको” जलबायु मैत्री कृषि , धान उत्पादनमा वृद्धि ” नारा र यो दिन को गाम्भिर्यता लाई बुझाउन नेपालमा यसको सम्भावना ,किसानहरुको मिहेनत को स्थल गत अनुभव , खेतमा परिश्रम गर्ने समुहमा हुने समुहकार्य र समन्वय, थकाइ र कामको बोझ कम गर्न गाइने गीत, हिलो र यसमा हुने खेल को प्रत्यक्ष अनुभव संग साक्षत्कार गराउदै लाने वार्षिक शृङ्खलाबद्द कार्यक्रम को यो वर्षको संस्करण आज गरिएको शिक्षिका कविता पौडेलले बताउनु भयो । विद्यार्थीहरुको जान्ने बुझ्ने शैलिमा देखिएको उत्साहपन लाई यथोचित सहयोग गर्न स्वस्फूर्त मन लागेको स्थानीय विकलबाबू खनाले बताउनु भयो।
कार्यक्रममा स्थानीय सङ मिलेर धान रोप्ने, बीउ काढ्ने र ओसार्ने देखि आगन्तुक अन्य समूह संग मिलेर समुहगत खेलहरूमा पनि अर्किड का विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई थप आकर्षणमय बनाउन विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक हिले दौड प्रतियोगिता पनि गरिएको थियो । कार्यक्रमको विच र अन्त्य मा सहभागी विद्यार्थीहरूलाइ स्थानीयद्वारा असार पन्ध्रको पर्व स्वरूप स्थानीय रूपमै तयारी गरिएको बिध्यालय प्रसासनले बताउनुभयाे ।
