बाग्लुङ चितवन सम्पर्क समाज भरतपुर १० चितवनकाे १८ औं साधरण सभा सम्पन्न

Spread the love

देवराज थपलिया

बाग्लुङ् चितवन सम्पर्क समाज भरतपुर १० चितवनकाे १८ अैा साधारण सभा सम्पन्न भएको छ। विशिष्ट अतिथि नेपाली काग्रेस उपसभापति सालिकराम सापकाेटा ,विशिष्ट अतिथि हरि प्रसाद आचार्य, विशिस्ट अतिथि कृष्णलाल सापकाेटा , बिसिष्ट अतिथि वडा नं ८का जिवनाथ कडेल , विशिष्ट अतिथि वडा नं ९ का यमलाल कडेल ,भागवत आचार्य तारा घिमिरे रहनु भएको थियाे । प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले बाग्लुङ चितवन सम्पर्क समाजले विभिन्न प्रकारकाे मानबिय कार्य लगायत विकास निर्माण, शिक्षा, बाटाे, स्वास्थ, गरिवकाे रेखा मुनि रहेकाे नागरिककाे व्यवसायीक याेजना पहल गरिने बताउनु भयाे । कार्यक्रममा बाग्लुङ् चितवन सम्पर्क समाजका उत्कृट अंक ल्याई एस ई इ मा बाग्लुङबाट पास गर्ने नीति कार्कि ,सन्देश आचार्य चितवन तर्फ सुप्रिया पाैडेल , प्रसान्त लाैडारि सम्मानित हुनु भएकाे थियाे । पुर्व अध्यक्ष तर्फ रमाकान्त कडेललाई सम्मान गरिएकाे थियाे भने चन्दा दाता तर्फ कृण्ण प्रसाद आचार्य भरतपु ४ र गणेश पाैडेल कालिका ६ लाई सम्मान गरिएकाे थियाे । बाग्लुङ चितवन सम्पर्क समाजकाे हाल सम्म ८४५ जना आजिवन सदस्य लिई सकेकाे र भरतपु ९ बसपार्क नजिक ११ धुर जग्गा समेत खरिद गरिसकेकाे बताउनु भयाे ।उद्भाेषण संस्थाकाे सचिव हरि प्रसाद आचार्यले गर्नुदभएकाे थियाे भने उपाध्यक्ष भक्तिराम गाैतम र दिब्या आचार्य ले आफ्नो मन्तव्य राख्नु भएकाे थियाे । छिस्ति चितवन सम्पर्क समाजभरतपुर ११उपाध्यक्ष समेत सहभागी रहनु भएकाे थियाे । कार्यक्रमकाे समापन गर्नु हुँदै संस्थाकाे अध्यक्ष श्री प्रकाश कडेलले शिक्षा, राेजगार, स्वास्थ, बिकासकाे निर्माणमा सक्दाे सहयाे गर्ने बताउनु भयाे । संस्थाले आगामि वर्ष मा भवन निर्माण गरि सक्षम बाग्लुङ् चितवन सम्पर्क समाज निर्माण गरि सबैकाे सिर उच्च पारिने बताउनु भयाे । कार्यक्रमकाे समापन बाग्लुङ् चितवन सम्पर्क समाजका अध्यक्ष श्रीप्रकास कडेलकाे सभापतित्त्वमा समापन भयाे ।