समाचार

गरिमा विकास बैंक लिमिटेडले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरू

Spread the love

गरिमा विकास बैंक लिमिटेडले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको छ ।  “आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूका लागि सुरुवात गरेको छ । यसलाई थप ग्राहक मैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको हो । 

यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शुन्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने बैंकले जनाएको छ । 

साथै, यदि ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरुले योे सुविधा मार्फत लाभ उठाउन बैंकले आग्रह गरेको छ । 

बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।