ठिमुरा आधारभूत विद्यालय द्वारा छात्र-छात्रालाई बिदाइ

Spread the love

भरतपुर महानगरपालिका वडा नं १ ठिमुरा आधारभूत विद्यालय द्वारा सात कक्षा पास भएका छात्र-छात्राहरुलाई भरतपुर महानगरपालिका वडा नं १ का वडा सदस्य राजु गुरुङ, चिरफार खबरका प्रधान सम्पादक देवराज थपलिया, चिरफार खबरका संवाददाता मनिष अर्याल, प्र.अ. ज्योती नारायण ढकाल, सहायक प्र.अ., शिक्षक-शिक्षिकाहरुको विशेष उपस्थितीमा कमला परियार, सुजल गुरुङ, आदित्य कुमाल भुजेल, विमला प्रजा, सोनी प्रजा, सोनीका प्रजा, लक्की वि.क. , वर्षा प्रजा, आशा प्रजा, आदित्य प्रजा, सुनिल प्रजा लाइ उच्च शिक्षाको लागी विदाई गरिएको हो । भरतपुर महानगरपालिका वडा नं १ ठिमुरा आधारभुत विद्यालयमा नर्सरी देखि कक्षा ७ सम्म पठन पाठन हुने गरेको वडा सदस्य राजु गुरुङले बताउनु भयो । सात कक्षा पास गरेपछि उच्च शिक्षाको लागी राम नगर वा भरतपुर आउनु पर्ने वाध्यता छ । यसलाई भरतपुर महानगरपालिका वडा नं १ ले थप भवन निर्माण र शिक्षकको दरबन्दी थप गरी कक्षा आठ सम्म अध्यनको लागी जान नपर्ने बाध्यात्मक परिस्थिती अन्त्य गरिने बताउनु भयो । प्र.अ. ज्योती नारायण ढकालले छात्र-छात्रालाई मिठाे भोजन खुवाई , माला र खादाले बिदाइ गर्नु भयो ।