त्रीदेशीय लाभमा विकास गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेज र कञ्चनपुरको दोधार(चाँदनी(१ मा निर्माण हुने सुक्खा बन्दरगाह सुदूरपश्मिको मात्र नभएर देशकै निम्ति गौरवको आयोजना हुने बताउनुभएको छ । दुवै आयोजनाको निरीक्षण क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।
दोधारा(चाँदनीमा बन्ने बन्दरगाहलाई त्रिदेशीय नाकालाई फाइदाका रुपमा विकास गरेर भारत र चीनको विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफू छिट्रटै भारत भ्रमणमा जाने र त्यस क्रममा सुक्खा बन्दरगाह निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर हुने बताउनुभयो । उहाँले तीन वर्षभित्र काम सक्ने गरी समझदारीपत्र तयारी भइरहेको पनि बताउनुभयो ।
सुक्खा बन्दरगाह बनाउने प्रक्रियाको सुरुवात आफूले नै गरेको र वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले बन्दरगाह निर्माणपछि दोधारा(चाँदनी र सुदूरपश्चिमको मात्रै नभई सिङ्गो देशकै विकासमा योगदान पुग्ने धारणा राख्नुभयो । प्रधानमन्त्रीले सुदूरपश्चिममा आफैँले थुप्रै आयोजना अगाडि बढाएको र सबै विकासका कामलाई प्राथमिकतासाथ अगाडि बढाउने प्रतिबद्दता जनाउनुभयो ।
