कुमाल समाजको सास्कृतिक दिवस सम्पन्न

Spread the love
आजको कार्यक्रमको श्रब्य दृष्य।

चितवन भरतपुर ११ कुमाल समाजको सास्कृतिक दिवस विविध कार्यक्रमहरुका बीच सम्पन्न भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी तथा विशिष्ट अतिथी सफल भविष्य प्रा.ली. का अध्यक्ष देवराज थपलिया रहनु भएको थियो। सोही कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले कुमाल समाजको पक्षमा बोल्दै उनीहरुको परम्परा तथा रितिरिवाज जगेर्ना गर्न महानगर लागी पर्ने बताउनु भयो । महानगरले यस अगावै सास्कृतिक भवनको लागी रकम बिनियोजन गरेको र नेपालीको मौलिक बाजा (पन्चेबाजा) को लागी प्रदान गरेको पनि बताउनु भयो। कुमाल समाजको झाकी नाच, पन्चे बाजा नाच अवलोकन गर्दै पन्चे बाजा उत्कृष्ट देखिएकोले कुमाल समाजको पन्चे बाजा टोलीलाई प्रोत्साहन गरी सिंगो नेपाली कला र सस्कृतिको जगेर्ना गर्न कुमाल समाजको प्रयास सह्रानीय भएको धारणा व्यक्त गर्नु भयो । आगामी दिनमा नेपाली मौलिक कला सस्कृती जगेर्ना गर्न कुमाल समाजको महत्वपूर्ण भूमिका रहने छ भनी विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा पन्चे बाजा टोली र कुमाल झाकी नाच टोली र कुमाल संस्कृति  समाजाको उल्लेखनीय उपस्थिती थियो । उक्त कार्यक्रममा बोल्दै कुमाल सास्कृतिक समाजका अध्यक्ष कुल बहादुर कुमालले पन्चे बाजाको संरक्षणको लागी र विविध पुजा ब्रतबन्ध, विवाहमा नागरिकलाई आवश्यकता पर्दा पन्चे बाजाको टोलीले कार्यक्रमलाइ उत्साहपूर्ण र मनोरंजन गर्न तथा सेवा दिन सदैव तयार रहेको भनी प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही कार्यक्रम कुमाल सास्कृतिक समाजको अध्यक्ष कुल बहादुर कुमालको अध्यक्षतामा समपन्न भयो ।