किन अपमान सम्मान गर्नु पर्ने हाेईनर ?

Spread the love

हिजो माओवादीको चरम सत्ता उन्मादको बेलाको प्रधान सेनापति प्रकरणमा तत्कालिन राष्ट्रपति रामवरण यादवको भुमिका र वर्तमान नागरिकता विधेयकमा सत्तारुढ गठबन्धनको सत्ता उन्मादलाई अंकुश लगाउने महामहिम राष्ट्रपतिको कदम संविधान भन्दा राष्ट्रभक्तिको भावले मुखरित भएको देखिन्छ। राष्ट्र र राष्ट्रियताका अगाडि अन्य कुराहरु तपसिल भएको स्पष्ट संकेत हो नागरिकता विधेयकको प्रमाणीकरण नहुनु भन्दा सायदै अतिरन्जित आम राष्ट्रवादी जनताहरुमा नहोला।भारतीय संस्थापन पक्षबाट पालित पोषित तत्वहरुको विरोधको रोइलो स्वाभाविक हो किनकी नुनको सोझो गर्न पर्ने विवशता पनि हुन्छ होइन र भन्या! जे होस, एकपटक स्वाभिमानी र राष्ट्रवादी जनताको भावना राम्रै सङ्ग प्रतिविम्बित भएको छ।त्यसैले भनिएको होला – जनता जनार्दन। अब एकपटक ठण्डा दिमागले सोच्ने कि दल ठूलो कि राष्ट्रवादी भावना भनेर। अमुक पार्टी र नेताको आलोचना र समालोचना गुण र दोषको आधारमा गर्ने परिपाटी अबलम्बन गर्दा कसो होला? के अब कम्फर्टेवलको आशयको रुपपक्ष र सारपक्षको अन्तर्य नबुझ्ने नेपाली होलान र! उच्च सम्मान छ राष्टपतिज्यू! चीरकाल सम्म तपाइको समय सापेक्ष निर्णयको स्वाभिमानी नेपालीहरुले स्मरण गर्नेछन भलै कथित महाअभियोगको सामना नै किन गर्न नपरोस।