भरतपुर महानगरपालिका बाट बजार अनुगमन सुरू

Spread the love

भरतपुर महानगरपालिकाले मगलबार नियमित सयुक्त बजार अनुगमन गरेको छ । उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमन गरेको हो । महानगरको नियमित कार्यक्रम अनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यबाहक नगर प्रमुख आदरणीय चित्रसेन अधिकारी ज्यु ले जानकारी दिनु भयो । हामीले दैनिक नियमित कार्यतालिका अनुसार बजार अनुगमन गरेका छौ,कार्यबाहक नगर प्रमुख अधिकारीले भन्नू भयो, एक पटकलाइ सजग गराएर सुध्रिने मौका दिएका छौ अर्को पटक आउदा फेरि पनि यस्तै गल्ती दोहोरीएको पाइए प्रचलित कानुन बमोजिम कडा कारबाही हुन्छ उहाँले भन्नू भयो ।