समाचार

शक्तिराष्ट्रबीचको यो भेटवार्ताले अन्तर्राष्ट्रिय कूटनीतिक दिशालाई कसरी प्रभावित गर्छ भन्ने विषय महत्त्वपूर्ण

Spread the love

चीनको दक्षिणी सहर शेन्जेनमा आयोजना हुने उक्त बैठक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा हुन लागेको हो। यसअघि ह्वाइट हाउस र क्रेमलिनले समेत तीन नेताबीचको भेटवार्ताको तयारीबारे पुष्टि गरेका थिए। यद्यपि, चिनियाँ पक्षले बैठकको विस्तृत कार्यसूची र छलफलका विषय सार्वजनिक गरिसकेको छैन।विश्वका तीन प्रमुख शक्तिराष्ट्र अमेरिका, चीन र रुसका शीर्ष नेताहरूबीच चीनमा ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलन हुने भएको छ। चिनियाँ विदेश मन्त्रालयले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच नोभेम्बर १९ मा भेटवार्ता हुने पुष्टि गरेको हो। आणविक हतियारदेखि इरान युद्धसम्म छलफल हुने तीन नेताबीचको भेटवार्तामा आणविक हतियार नियन्त्रण, निशस्त्रीकरण तथा विश्वव्यापी भूराजनीतिक तनावका विषय प्रमुख रूपमा उठ्ने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक हतियारको भण्डार घटाउने विषयमा छलफल गर्न चाहेको बताइएको छ। साथै, उनले इरानमा जारी अमेरिकी युद्धको विषयसमेत बैठकमा उठाउने अपेक्षा गरिएको छ।तर, रुस–युक्रेन युद्ध भने यसपटकको बैठकको मुख्य एजेन्डा नहुने सम्भावना रहेको जनाइएको छ।युक्रेनबारे युरोपलाई पनि सहभागी गराउनुपर्ने जर्मनीको धारणा जर्मनीका राष्ट्रपति फ्र्यांक–वाल्टर स्टाइनमायरका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले युरोपेली सहभागिताबिना युक्रेन युद्धबारे छलफल गर्नु उचित नहुने चिन्ता व्यक्त गरेका छन्।युक्रेन युद्धसँग प्रत्यक्ष रूपमा प्रभावित युरोपेली मुलुकहरूलाई पनि सम्भावित वार्तामा सहभागी गराउनुपर्ने युरोपको धारणा रहेको यसले संकेत गर्छ।आणविक हतियार घटाउन चीनको सर्त आणविक निशस्त्रीकरणको विषयमा चीनको आफ्नै धारणा रहँदै आएको छ। अमेरिकाले चीनको आणविक हतियार भण्डारबारे छलफल गर्न चाहे पनि बेइजिङले पहिले अमेरिका र रुसले आफ्नो तुलनात्मक रूपमा निकै ठूलो आणविक हतियार भण्डार घटाउनुपर्ने बताउँदै आएको छ।

चीनले त्यसपछि मात्रै आफ्नो आणविक हतियारसम्बन्धी वार्तामा सहभागी हुने संकेत दिँदै आएको छ।विश्व राजनीतिका लागि महत्त्वपूर्ण बैठक अमेरिका, चीन र रुस विश्व राजनीतिमा प्रभावशाली भूमिका भएका तीन शक्ति हुन्। यी मुलुकका राष्ट्रप्रमुख एउटै टेबलमा बसेर छलफल गर्नु अन्तर्राष्ट्रिय कूटनीतिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।आणविक हतियार नियन्त्रण, इरान युद्ध र विश्वव्यापी सुरक्षा चुनौतीजस्ता विषयमा तीन नेताबीच कस्तो समझदारी बन्छ भन्ने चासो बढेको छ।यद्यपि, बैठकबाट कुनै ठोस सहमति वा सम्झौता हुनेबारे अहिले नै निश्चित भइसकेको छैन। तीन शक्तिराष्ट्रबीचको यो भेटवार्ताले आगामी दिनमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको दिशालाई कसरी प्रभावित गर्छ भन्ने विषय महत्त्वपूर्ण रहनेछ।