विदेशी लगानी पूर्वाधार विकास सुरक्षा प्रणाली लाई आधुनिक प्रविधि मैत्री बनाउने -गृहमन्त्री सुदन गुरुङ
नेपाल र यूएईबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल भएको गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।गुरुङले यूएईका मन्त्रीसमक्ष बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्र र सुरक्षा प्रविधिमा लगानी तथा सहकार्यको प्रस्ताव प्रस्तुत गरेका थिए।गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग भेटवार्ता गर्दै नेपालमा लगानी तथा सहकार्यका लागि विभिन्न प्रस्ताव अघि सारेका छन्।
त्यस्तै, नेपालका सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा पनि छलफल भएको उनले बताएका छन्। विशेषगरी Faceless Policing अर्थात् प्रत्यक्ष मानवीय सम्पर्कमा निर्भरता कम गर्ने प्रहरी सेवा प्रणाली तथा Non-lethal Security Gears अर्थात् घातक शक्ति प्रयोग नगर्ने सुरक्षा उपकरणको उत्पादन र प्रयोगबारे विचार आदानप्रदान भएको थियो।भेटमा सुरक्षा उपकरणको उत्पादन, सुरक्षा निकायको आधुनिकीकरण र प्रविधिको प्रयोग विस्तार गर्ने विषयलाई समेत प्राथमिकता दिइएको गृहमन्त्री गुरुङले उल्लेख गरेका छन्।उनका अनुसार नेपालले अघि सारेका प्रस्तावित परियोजनामा सहकार्य गर्न यूएईका मन्त्री डा. अल जेयोदी सकारात्मक देखिएका छन्।यस सहकार्यबाट नेपालमा विदेशी लगानी भित्र्याउने, पूर्वाधार विकासलाई गति दिने तथा सुरक्षा प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने सम्भावनाबारे छलफल भएको छ।
