सहसचिव खुला प्रतिस्पर्धा बाट हाेला त ?
सहसचिव सहसचिव खुला प्रतिस्पर्धा गर्न नहुने व्यवस्था प्रतिस्पर्धा गर्न नहुने व्यवस्था सहित विधेयक पारित गरिसकेको छ । जसमा १५ प्रतिशत अन्तर तह र ८५ प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति हुनुपर्ने व्यवस्था छ । प्रस्तावित विधेयकमा भने १० प्रतिशत खुला, १० प्रतिशत अन्तरतह र ८० प्रतिशत बढुवाबाट सहसचिव पदपूर्ति गर्ने व्यवस्था थियो ।
संशोधनकर्ता सांसद डा. बेदुराम भुसाल, जयन्तीदेवी राई, भुवनबहादुर सुनार, मृगेन्द्रकुमारसिंह यादव, पदम परियार लगायतका सांसदले सहसचिवमा १० प्रतिशत खुला राख्नुपर्नेमा बिहीबारको बैठकमा जोड दिएका छन् ।
समितिका सदस्य कृष्णबहादुर रोकाय, सांसद झक्कुप्रसाद सुवेदी, डा. बेदुराम भुसाल, आनन्दप्रसाद ढुंगाना लगायतले सहसचिवमा खुला गर्नुपर्नेमा जोड दिए ।
यद्यपि समितिका सभापति तुलसाकुमारी दाहालले भने शुक्रबार बस्ने बैठकमा निर्णय गर्ने गरी तयारी गरेर आउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा मन्त्रालयका सचिवलाई अनुरोध गरेकी छन् ।
